तस्करीकाे आरोपमा प्रहरी निरीक्षकसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ । प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध सुन तस्करीको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले सुन तस्कारीमा संलग्न प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीलाई प्रतिवादी बनाइएको छ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक नेपालसहित ४ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

२६ लाख ५२ हजार विगो कायम गर्दै उनीहरूविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको हो। अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको भन्दै उनीहरुविरुद्ध उजरी परेको थियो। प्रहरी निरीक्षक नेपालसहित प्रहरी चौकीका सबै १६ जानलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो।

उनीहरूविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.