डिउटी पोसाकमै अश्लील नृत्य गर्ने सई कारबाहीमा

काठमाडाैँ । रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि नेपाल प्रहरीको चारैतिर आलोचना भएको छ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए। धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अश्लील नृत्य गर्न थालेपछि प्रहरीको आलोचना व्यापक भएको छ। सईको आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सई साहलाई कारबाहीको लागि तानिसकेको छ।

बर्दीमा नै नेपाल प्रहरीको मर्यादा र आचरण विपरीत सई साहले अश्लील नृत्य गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयले तत्काल कारबाहीको लागि सई साहलाई तानिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीरबहादुर बुढामगरले जानकारी गराएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.