डिआइजी बढुवामा कडा टक्कर, ६ जना मुख्य आकांक्षी

काठमाडौं । नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप गरेर डिआइजी सहकुल थापालाई बढुवा सिफारिस गरिएसँगै रिक्त डिआइजीमा बढुवाको गृहकार्य शुरु भएको छ । डिआइजी बढुवामा आधा दर्जन एसएसपीहरुबीच कडा टक्कर शुरु भएको छ ।

रिक्त एक डिआइजीमा बढुवा गर्दा विश्वराज पोखरेल र सहकुल थापामध्ये एक आईजीपी बनेपछि उही संगठनको प्रमुख हुने हुँदा प्रतिस्पर्धा नै नहुने भएकाले दुई जनाको बढुवा तयारी भइरहेको छ ।

त्यसको लागि डिआइजीको एक प्राविधिक पदलाई प्रशासनतर्फ लैजाने वा अर्को एक दरबन्दी थप गर्ने बारेमा गृह मन्त्रालयमा छलफल शुरु भएको छ।

डिआइजीमा रिक्त पदमा एसएसपीहरु दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, किरण ब्रजाचार्या मुख्य प्रतिस्पर्धामा छन् । उनीहरुमध्येबाट एक आईजीपी हुने भएकाले अहिले बढुवामा चलखेल शुरु भएको हो।

स्रोतका अनुसार दीपक थापा र सन्दीप भण्डारीबीच कडा प्रतिस्पर्धा चलेको छ। यसअनुसार एसएसपीमा पाँच एसपीको बढुवा हुने भएको छ । असारभित्रै यी बढुवा सकाउने गृह मन्त्रालयको तयारी छ । असारभित्र बढुवा प्रक्रिया नसकिए कात्तिक पुग्नसक्ने भएकाले आईजीपी शैलेश थापा क्षेत्री अहिले नै बढुवा गर्नुपर्ने मुडमा छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.