ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका छन्।

गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले ट्रम्पसहित तीस जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि हत्या र आतंकवादको अभियोग लगाइएको बताए। ट्रम्पबाहेक अरू क-कसलाई पुर्जी जारी गरिएको हो भन्नेबारे उनले खुलाएनन्। ट्रम्प राष्ट्रपतिबाट हटेपछि पनि इरानले उनलाई पक्रने उनको भनाइ छ।

फ्रान्सको लियोनमा मुख्यालय रहेको इन्टरपोलले इरानी अनुरोधबारे कुनै प्रतिक्रिया दिएको छैन। अल्क्वासिमेरले इन्टरपोलसँग ट्रम्प र उनका अन्य अधिकारीमाथि रेड नोटिस जारी गर्न अनुरोध गरिएको बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.