ट्रम्पमाथि महाअभियोग लगाउने याेजना असफल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने याेजना असफल भएकाे छ।

ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएपछि उनलाई केही राहत मिलेकाे छ।

अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो ।

सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको हाे ।

५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । दुई तिहाइका लागि ६७ मत आवश्यक पर्दथ्यो ।

संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका सयौं समर्थकहरुले संसद भवनभित्र प्रवेश गरी तोडफोड गरेका थिए । सो हिंसामा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.