काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनकारवाही’को नाममा खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुखमाथि दुर्व्यवहार गरेको छ । प्रमुखमाथि राजेश्वर कुशवाहमाथि जनमत पार्टी नेता तथा कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् ।
भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो छ्यापेर नगर परिक्रमा गराएको हो ।
जनमत पार्टीका नेता ईन्द्रजित यादवका अनुसार भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा पनि प्रदर्शन गरिएको हो । उनले भने,‘ मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नारबाजी गरिएको छ।’