चीनमा डुंगा पल्टिदा ३९ जना बेपत्ता

एजेन्सी । हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको छ ।

चालक दलमा चीनका १७, इन्डोनेसियाका १७ र फिलिपिन्सका पाँच जना रहेको समाचारमा उल्लेख छ । चिनियाँ नेता सी जिनपिङ र प्रधानमन्त्री ली केकियाङले विदेशमा तैनाथ चिनियाँ कूटनीतिज्ञहरूका साथै कृषि तथा यातायात मन्त्रालयहरूलाई बाँचेकाको खोजीमा सहयोग गर्न निर्देशन दिएका छन्।

अष्ट्रेलिया र अन्य धेरै देशहरूबाट खोज र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ। खोजी कार्यका लागि चीनले दुईवटा जहाज तैनाथ गरेको छ । चीनको सामुद्रिक खोज तथा उद्धार केन्द्रले घटनाबारे सम्बन्धित देशहरूलाई जानकारी गराएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.