चीनमा कोभिड सङ्क्रमण ह्वात्तै बढ्याे

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड सङ्क्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै सङ्क्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो ।

सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको केही दिनपछि २२ हजारभन्दा बढी बिरामीहरूले सहरका अस्पतालहरूमा गएका बेइजिङका अधिकारीहरूले बताएका छन् ।

‘बेइजिङमा महामारीको द्रुत फैलावटको वर्तमान प्रवृत्ति अझै कायमै छ’ शहर स्वास्थ्य आयोगका प्रवक्ता ली आङले एक ब्रिफिङमा भने । चीनले सोमबार एकै दिन ८ हजार ६२६ जनामा संक्रमण भएको रिपोर्ट गरेको छ । तर, धेरै जनसंख्याको लागि अब परीक्षण अनिवार्य नहुँदा संख्या धेरै बढी भएको विश्वास गरिन्छ ।

देशले भाइरससँगै बाँच्नको लागि शून्य-कोभिड नीतिबाट बाहिर निस्कने एउटा कठिन मार्गलाई अवलम्बन गरेसँगै लक्षणहरू भएका धेरै बिरामीले घरमै औषधि गर्ने छनौट गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.