चीनबाट खोप खरिद गर्ने ९० भन्दा बढी देशमा कोरोना संक्रमण दर उच्च

एजेन्सी । मंगोलियाको सरकारले आफ्नो देशका जनतालाई आउँदो ग्रीष्म ऋतुमा देशमा कोरोनाको बिरूद्ध युद्ध जित्ने प्रतिज्ञा गरेको थियो।

बहरेनले भने कि केही महिना पछि देशको अवस्था पूर्ण रूपले सामान्य हुनेछ किनकि खोप अभियान निकै छिटो चलिरहेको छ। सेशेल्सको एकदम सानो टापुले घोषणा गरेको छ कि देशभरि खोप लगाउने काम भइरहेको छ र चाँडै देशको अर्थव्यवस्था बढ्दै जाने छ।

यी तीन देशहरु चीनका खोपमा विश्वास गर्ने दर्जनौ देशहरु मध्ये एक हुन् तर अब यी देशहरुको अवस्था एकदम नाजुक भएको छ र चिनियाँ खोप कोरोना भाइरसको बिरूद्ध पूर्ण असफल साबित भएको छ।

चिनियाँ खोप पूर्ण रूपमा असफल
चीनको खोप एकदम सजीलोसँग उपलब्ध छ, त्यसैले यी तीन देशहरूले चीनबाटै खोप किनेका थिए र उनीहरूले ठूलो मात्रामा आफ्नो देशमा खोप दिन थाले। तर, जहाँ यी देशहरूलाई खोप लगाए पछि कोरोना भाइरसबाट मुक्त हुनु पर्दथ्यो। त्यही यी देशहरु नराम्रो सँग कोभिड १९ को चपेटामा परिसकेका छन्।

यी देशहरूको जनसंख्या बिहार वा उत्तर प्रदेश जत्तिको पनि छैन, तर यी देशहरुलाई चिनियाँ खोपको कारण धेरै अधिक नोक्सनी ब्यहोर्नु परिरहेको छ।

गत वर्ष चीनले खोप कूटनीति अभियान तिब्र रुपले अगाडि बढाएको थियो र विश्वव्यापी समुदायलाई विश्वस्त गराउन प्रयास गर्‍यो कि कोविड १९ को गम्भीर घटनाहरूलाई रोक्न चिनियाँ खोप प्रभावकारी छ। तर, अब पत्ता लागेको छ कि चीनको खोप कूटनीति पूर्ण रूपमा गलत थियो।

भ्याक्सिन पछि पनि भाइरस फैलियो
प्रतिवेदनका अनुसार चिनियाँ खोप लगाइएका मुलुकहरुमा कोरोना भाइरस फेरि छिटो फैलिरहेको छ र चिनियाँ खोप लिने मान्छेहरूको ज्यान कोरोना भाइरसले लिइरहेको छ।

चिनियाँ खोप कोविड १९ को बिभिन्न भेरियन्टहरुमा पूर्ण रुपमा असफल साबित भएको छ र खोप लगाइएका व्यक्तिहरूलाई कोरोना संक्रमित भएपछि निको हुन लामो समय लागिरहेको छ। यी देशहरूमा, कोरोना भाइरसको रिकभरी दर धेरै कम छ र भाइरसको फैल्ने दर उच्च छ।

५० प्रतिशत भन्दा बढीलाई खोप
आश्चर्यजनक कुरा के छ भने सेशेल्स, चिली, बहराइन र मंगोलिया जस्ता देशहरूमा खोपको ५० प्रतिशत देखि ६८ प्रतिशत काम सकिएको छ। यी देशहरूले खोप लगाउने सम्बन्धमा अमेरिकालगायत धेरै विकसित देशहरूलाई पछाडी छोडेका छन्। यी चार देश खोप लगाउने सूचीमा शीर्ष १० स्थानमा आउँछन् तर कोरोना भाइरस अझै पनि यी देशहरूमा नराम्ररी तवरले फैलिएको छ।

जबकि वैज्ञानिकहरू विश्वास गर्छन् कि ३० प्रतिशत खोप लगाएपछि कुनै पनि देशले आफूलाई धेरै सुरक्षित मान्न सक्छ र ५० प्रतिशत भन्दा बढी खोप लगाइसकेपछि यस किसिमले भाइरस फैलाउने खतरा हुनु हुँदैन। न्यु योर्क टाइम्सको रिपोर्टका अनुसार यी चार देशले दुईवटा चिनियाँ खोप सिनोफर्म र सिनोभिक बायोटेक आफ्नो देशमा खोपका लागि प्रयोग गरिसकेका छन्।

हांगकांग युनिभर्सिटीका भाइरस विशेषज्ञ जिन डोंगयानले फेरि संक्रमण वृद्धि भएको बारेमा भने कि ुयदि प्रयोग गरिएका भ्याक्सिन प्रभावकारी भएको भए भाइरसको ग्राफ निश्चित रूपमा बढेको हुनु हुँदैनथ्यो। यसलाई तुरून्त सुधार्नु चीनको दायित्व हो। वैज्ञानिकहरूले समेत बुझ्न सकेका छैनन् की किन यि देशहरू कोरोना भाइरसको पासोमा फसेका छन्, जबकी यि देशहरूमा खोप लागउने कार्यक्रम यति छिटो चलेको थियो।

खोप पछि सुधार
अमेरिकामा ४५ प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाईएको छ। अमेरिकामा फाइजर-बायो एन टेक र मोडर्ना भ्याक्सिन लगाइएको छ। फलस्वरुप अमेरिकामा कोरोना भाइरस संक्रमणको घटना पछिल्लो ६ महिनामा ९४ प्रतिशतले घटेको छ र अब अमेरिकामा कम भीडभाड भएका ठाउँहरूमा मास्क लगाउनु पनि अनिवार्य छैन।

यसैगरी अमेरिका पछि इजरायलले पनि आफूलाई भाइरस मुक्त राष्ट्र घोषणा गरेको छ। अमेरिकी खोप पनि इजरायलमा प्रयोग भएको छ, जबकि इजरायल पछि खोप लगाउने मामलामा सेशेल्स छ। जहाँ चिनियाँ खोप प्रयोग गरिएको छ, तर संक्रमणको ग्राफ धेरै छिटो बढिरहेको छ।

९० देशहरुमा चिनियाँ खोप
एक तरीकाले, कोरोना भाइरसले संसारलाई तीन भागमा विभाजित गरेको छ। त्यहाँ ती देशहरू छन्, जो धेरै धनाढ्य छन् र उनीहरूले खोपका लागि आफ्नो पूर्वाधारको राम्रो उपयोग गरेका छन्। उनीहरूसँग भएको स्रोतका कारण कोरना भाइरस संक्रमणलाई रोक्न लगभग सफल भएका छन्। दोस्रो नम्बरमा ती देशहरू छन् जसले चिनियाँ खोप प्रयोग गरेका छन्, तर त्यस्ता देशहरूमा सुरक्षा घेरा धेरै कमजोर छ र यसको प्रभाव पनि देखिरहेको छ।

त्यही तेस्रो नम्बरमा ती देशहरु छन्, जहाँ खोप अहिलेसम्म पुगेको छैन। यदि हामी चिनियाँ खोपको बारेमा कुरा गर्छौं भने चीनले विश्वका ९० भन्दा बढी देशहरूमा यो खोप पठाइरहेको छ र यी देशहरूले खोप लगाएपछि प्रतिबन्धलाई सहज बनाएर मुलुकको अर्थव्यवस्था ब्यालेन्स्मा ल्याउने कोशिस गरिरहेको छन् । साथै मानिसहरूले आफ्नो सामान्य जीवनलाई पुनः सुरु गर्न सकुन्। , तर फेरि संक्रमणको गतिले यी देशहरूको सपना तोड्यो। त्यही, खोप लिइसके पछि पनि व्यक्तिहरू संक्रमित भएपछि खोपमा जनताको विश्वास पूर्ण रूपमा टुटिसकेको छ र यो खोपप्रति जनताको विश्वास बढाउन सरकारलाई गाह्रो भइरहेको छ।

मंगोलियाका ओत्गोन्जरगल बतारीले भने, ‘खोपको दुबै खुराक लिएको एक महिना भन्दा बढी समय पछि पनि म पोजेटिभ भएँ र मेरो अवस्था झनै नाजुक भयो। यस्तो अवस्थामा, अब हाम्रो विश्वास खोपद्वारा पूर्ण रूपमा टुक्रिएको छ।’

फाइदा उठाउने कोशिसमा चीन
चीनले आफ्नो खोप कूटनीतिबाट फाइदा लिन चाहन्छ। जसकारण चीनले छिटो खोपको निर्माण गर्दैछ र आवश्यक परेका देशहरूमा यो खोप पुर्‍याइरहेको छ।

जबसम्म भारतले खोप आपूर्ति गरिरहेको थियो, तबसम्म केवल १८ देशले चिनियाँ खोपको बारेमा सम्झौता गरेका थिए तर भारतले यो खोपको आपूर्ति बन्द गरेपछि ९० भन्दा बढी देशहरूले यस खोपको सम्बन्धमा चीनसँग सम्झौता गरेका छन्।

भारतले अहिले खोप विदेशमा पठाइरहेको छैन। त्यही चीन आक्रामक रूपमा यो महामारीको समयमा फाइदा लिनमा व्यस्त छ।

चिनियाँ खोप संदिग्ध किन?
अमेरिकामा प्रयोग हुने दुबै खोपको प्रभाव दर ९० प्रतिशत भन्दा बढी छ, जबकि चिनियाँ खोप केवल ५१ प्रतिशत मात्र प्रभावकारी छ। त्यसमा पनि चीनका खोप कम्पनीहरूले खोपको प्रभावकारिताको बारेमा क्लिनिकल डाटा प्रस्तुत गरेका छैनन्।

चिनियाँ खोप कम्पनीहरूले खोपले कसरी संक्रमण फैलाउन रोक्न सक्छ भनेर बताएको छैन। चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसन्धानकर्ता शाओ यिमिंगले भने कि चीनले आफ्नो जनसंख्याको ८० देखि ८५ प्रतिशतलाई पूर्ण खोप दिनु पर्छ र त्यसपछि मात्र चीनले कडा प्रतिरोध क्षमता पूर्ण गर्न सक्दछ। जबकि पहिले चीनले ७० प्रतिशतको बारेमा कुरा गरिसकेको छ। यस्तो अवस्थामा चीनको यो खोपको सम्बन्धमा पारदर्शिता जगेको छैन भन्ने कुरा स्पष्ट छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.