चीनको ‘शून्य कोभिड नीति’का कारण बहुराष्ट्रिय कम्पनीहरु संकटमा

एजेन्सी – चीनको शून्य–कोविड नीतिका कारण त्यहाँको व्यापार/ब्यवसाय निरन्तर ओरालो लागिरहेको छ। चीनियाँ नीति र लगातारको लकडाउनका कारण आपूर्ति र माग दुवैमा ठूलो असर परेको छ। जसले वहुराष्ट्रिय कम्पनीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ।

बहुराष्ट्रिय कम्पनीका लागि चीन पहिलो वा दोस्रो ठूलो उपभोक्ता बजार हो। तर,सांघाईको वित्तीय केन्द्र सहित दर्जनौं मुख्य चिनियाँ सहरहरूमा कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको छ। त्यसैले यी कम्पनीहरुका लागि असहज अवस्था उत्पन्न भएको चाइना मार्केट रिसर्च ग्रुपका प्रबन्ध निर्देशक बेन क्याभेन्डरले बताए।

रुर–युक्रेन युद्धका कारणले धेरै कम्पनीहरुले अरबौं डलरको घाटा व्यहोरिरहेका बेला चीनको लकडाउनले ती कम्पनीहरु थला परेका छन् ।

संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण धेरै व्यवसायीहरूले आफ्नो उत्पादनलाई चीन बाहिर सार्न खोजिरहेका छन् । गत महिना, एप्पलले चीनमा कोभिड–१९ को प्रकोपका कारण ठूलो नोक्सान हुने चेतावनी दिएको थियो। आपूर्ति श्रृंखला समस्याले यस त्रैमासिकमा ४ अर्ब अमेरिकी डलरदेखि ८ अर्ब अमेरिकी डलरसम्मको बिक्रीमा असर पार्न सक्ने उसको आँकलन थियो।

माइक्रोसफ्टले पनि लकडाउनले ल्यापटप र एक्सबक्स कन्सोलको आपूर्तिलाई हानि पु¥याएको तथा यसको त्रैमासिक कार्यसम्पादनमा सम्भावित ठूलो प्रभाव हुन सक्ने जनाएको थियो।

विश्वका दुई ठूला अटो निर्माताहरू (फक्सवागन र टोयोटा) ले उत्पादन स्थगित गर्न बाध्य भएका छन्। चीनको विशाल सेवा क्षेत्रले अप्रिलमा दोस्रो सबैभन्दा ठूलो गिरावटको सामना ग¥यो। जबकि उत्पादन गतिविधिहरू पनि रेकर्ड न्यून थिए। त्यसको बावजुद, चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको महामारीको रोक्ने कडा प्रतिबन्धहरुलाई दोब्बर पारेका छन् र सरकारले आफ्नो ‘शून्य कोविड’ नीतिलाई दृढतापूर्वक पालन गर्ने बताएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.