‘चीनको नेपाल, श्रीलङ्का र माल्दिभ्समा भारी लगानीले दक्षिण एशियाको स्थिरतामा खतरा’

काठमाडौं । भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतले चीनको शक्ति हासिल गर्ने विश्वस्तरीय महत्वाकांक्षाका कारण दक्षिण एशियाको स्थिरतामाथि ‘सर्वव्यापी खतरा’ भएको शनिबार बताएका छन् ।

जनरल रावतले एक उदाउँदो विश्व शक्तिको रुपमा आफ्नो स्थितिलाई बलियो बनाउन लागि चीन दक्षिण एशिया र हिन्द महासागरमा आफ्नो व्यापक उपस्थिति बनाउँदैछ । उनले सो कुरा प्रथम रविकान्त सिंह मेमोरियल लेक्चरमा बताए ।

उनले भने, ‘हामीले देखिरहेका छौं कि यो क्षेत्रमा आफ्नो हितको पूरा सुरक्षा प्रदान गर्नका लागि चीनद्वारा भू–रणनीतिक स्पर्धाको साथै भारी लगानी गरिँदैछ । यो क्षेत्रमा आफ्नो रणनीतिक प्रवेशका लागि चीनले नेपाल, श्रीलङ्का र माल्दिभ्समा उल्लेखनीय लगानी गरेको छ । यसबाहेक हालैका दिनमा उसले बंगलादेश र म्यानमारलाई पनि भारी सैन्य सहायता पनि दिएको छ ।’

जनरल रावतका अनुसार म्यानमार र बंगलादेशमा चीनको घुसपैठ भारतको राष्ट्रिय हितका लागि ठिक छैन किनभने यो भारतलाई घेर्ने प्रयास छ । उनका अनुसार यसकारण दक्षिण एशियाको स्थिरतामा खतरा पैदा भएको छ ।

उनले भने, ‘भारतविरुद्ध पाकिस्तान प्रायोजित आतंकवाद र गैर सरकारी संगठनको गतिविधि दुबै देशबीच शान्ति प्रक्रियामा बाधा हो । चीनसँग पाकिस्तानको विभिन्न क्षेत्रमा साँठगाँठ पनि भारतविरुद्ध हो ।’

सरकार र सेनामाथि विश्वास राख्नुहोस्
पछि पत्रकार सम्मेलनमा जनरल रावतले भने, ‘चीनसँग सीमा विवादलाई समग्रतमा हेर्नुपर्छ, लद्दाख सेक्टर वा पूर्वोत्तरका राज्यसँग मात्रै जोडिएको भनेर हेर्नुहुँदैन ।

पहिला पनि दुई देशबीच थुप्रै विवाद थिए जसलाई कुराकानीमार्फत सुल्झाइएको छ । यसपटक भने दुई देशबीचको शंका गहिरो छ र यसका लागि समाधानमा समय लाग्नेछ । मानिसहरुले सरकार र सेनामाथि विश्वास राख्नुपर्छ । साथै, क्षेत्रमा चीनको प्रभाव कम गर्नका लागि भारतले आफ्ना छिमेकी देशसँग संवाद अघि बढाउनुपर्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.