चिनियाँ लगानीमा दमकमा निर्माणाधीन पार्कका जग्गाधनीले पाएनन् मुआब्जा

काठमाडाैँ । चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन इन्डस्ट्रियल पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।

चीनले ‘वान बेल्ट वान रोड’ (ओबर) अन्तर्गत उक्त पार्क निर्माण गर्न लागेकाे हाे। मंगलबार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।

संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।

पार्कमा ओबरअन्तर्गत चीनले ३ सय अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।  पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गतको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिले जमिनको व्यवस्था गर्नेछ ।

सम्झौतामा ओबरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख छ । पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने छन् । पार्कभित्रै ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवाससमेत निर्माण हुनेछन् ।

चीनले विशेष गरी नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेको स्राेतकाे भनाइ छ। 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.