चिनियाँ खोप साइनोवाकको दाबी झुठो साबित

एजेन्सी । चिनियाँ भ्याक्सिन फेरि कोरोना भाइरस विरुद्धको युद्धमा हार ब्यहोरेको छ। चिनियाँ खोप ‘साइनोवाक’ कोरोना संक्रमण रोक्नको लागि १०० प्रतिशत प्रभावकारी भएको दाबी झुठो साबित भएको छ।

ब्राजिलमा स्वास्थ्यकर्मीहरूमाथि भएको परीक्षणले सार्स कोभ २ भाइरस विरुद्ध ५०.३९ प्रतिशत मात्र प्रभावकारी हुने देखाएको छ।

रियो डी जिनेरियोको अस्पताल दास क्लीनिकासमा १८ देखि २१ जनवरीको बीचमा २२ हजार ४०२, जबकी १४ देखि १६ फेब्रुवरीको बीच २१ हजार ६५२ स्वास्थ्यकर्मीमा ‘साइनोवाक’ को पहिलो डोज खोप लगाइएको थियो। अन्वेषकहरूले कोभिड १९ सँग सम्बन्धित लक्षणहरू अनुगमन गरिरहेका थिए।

दोस्रो खुराक पछि दुई देखि पाँच हप्ता, लाभार्थीहरूको स्वास्थ्य परीक्षण गरियो। यसै बीचमा ३ सय ९० स्वास्थ्यकर्मीहरूलाई खोपका बाबजुद कोरोना संक्रमणको सम्भावना देखा पर्‍यो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.