कोरोना संक्रमण नराेकिएपछि सरकारले गर्याे फेरि लकडाउन लगाउने निर्णय

एजेन्सी। अमेरिकामा कोरोना भाइरस संक्रमणले स्थिति भयावह भएको छ । संक्रमण दरमा कमी नआएपछि रोकथामका लागि देशका केही शहरमा फेरि लकडाउन गरिएको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५०५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ७८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १३ लाख ८८ हजार २०० जनामध्ये १५ हजार ७७७ जनाको अवस्था गम्भीर रहेको छ ।छ।

फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.