कोभिड परिक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता छ : अध्यक्ष श्रेष्ठ

मुरली गोडिया
गुलरिया/ बर्दिया अस्पतालको सेवा प्रवाहमा कुनै कमि हुन नदिन भरमग्दूर प्रयास गरे पनि भौतिक संरचना तथा उपकरण अभावले बढी भन्दा बढी गुणस्तरिय सेवा दिन समस्या भइरहेको प्रति अस्पताल व्यवस्थापनले आफ्नो आह्वान मार्फत ध्यानकार्षण जनाएको छ ।

नागरिकको स्वास्थ्यसंग व्यवस्थापन पक्ष, स्वास्थ्यकर्मी लगायत अति संवेदनशिल भए पनि आवश्यक न्यूनतम उपकरणको अभावले चाहदा चाहदै पनि केही गर्न नसकेको जस्तो महसुस भएको अस्पताल व्यवस्थापन समितीले बताएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको प्रकोपले बर्दियामा पनि त्रासदी उत्कर्ष तर्फ उन्मुख रहेको छ । बालक देखी बृद्ध सम्म प्रकोपबाट प्रभावित भई दुखद ज्यान गुमाउनुको पिडा सम्वन्धित परीवार र सिङ्गो बर्दियाबासीले भोग्नु परेको प्रति बर्दिया अस्पताल समितीले सबै निकायलाई ध्यानाकृष्ट गराएको छ ।

जिल्लाको एकमात्र ठूलो मानिएको बर्दिया जिल्ला अस्पताल कोभिड–१९ को उपचारको लागि निर्देशित नभएपनि कोरोना संक्रमितको उपचार देखी अन्य सेवाप्रवाहमा बर्दिया अस्पतालका स्वस्थ्यकर्मीले खेलेको भुमिका सह्रानिय छ । सुत्केरी सेवा, अन्य स्वास्थय सेवा लगायत निमोनिया, श्वास–प्रश्वासमा समस्या आदी सेवाग्राहीहरुलाई स्वास्थयकर्मीहरुले कोभिड परीक्षण अभावको वावजुद ज्यान जोखिममा राखेर पनि दिनरात खटेको देख्दा गौरबान्वित भएको बर्दिया अस्पताल व्यवस्थापन समितीका अध्यक्ष अंगद श्रेष्ठले बताए ।

उनि भन्छन् “कोभिड पोजिटिभ एकिन गर्न पिसिआर परिक्षणको व्यवस्था बर्दियामै नहुँदा विरामीहरुलाई तुरुन्तै उपचार गर्नु पर्ने भएको हुँदा परिक्षण विना नै उपचार शुरु गरिहाल्नु पर्ने वाध्यता छ ।” भवन संरचनाको वनावटले पनि समस्या बनाएको छ । “

अक्सिजन सिलिण्डर प्रायप्त मात्रामा नरहेको र भएको सिलिण्डरमा पनि अक्सिजन फिलिङ्ग गर्न नेपालगन्ज जानुपर्ने, समयमै फिलिङ्ग नहुने समस्याले श्वास–प्रश्वासका विरामीहरुलाई समयमै उचित उपचारमा कठिनाई भईरहेको प्रति उनले दुखेसो पोखे । उनले अगाडी थपे “विरामीहरुको चापलाई उपचार गर्न प्रयाप्त मात्रामा जनशक्ति नभएकोले अर्को समस्या थपिएको छ ।”

आफुले खेलेको, पढेको, हुर्केको जन्मभूमिका आफन्तिहरु कोरोना कहरबाट आक्रान्त छन । तिनीहरुको जीवन बँचाउनु हामी सवै बर्दियाबासीहरुको परमकर्तव्य भएको श्रेष्ठको ठम्याइ छ । “क्षमताले भ्याए सम्म कसरी ? कति ? सहयोग गर्न सकिन्छ , सहयोगको लागि आह्वान गर्दछु” अध्यक्ष श्रेष्ठले भने । बर्दिया अस्पतालमा अहिलेको समयमा देखिएको समास्या प्रति गम्भिर बन्दै अस्पताल व्यवस्थापन समितीका अध्यक्ष अंगद श्रेष्ठ र बरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा सुभाष पाण्डेयले संयुक्त अह्वान समेत गरेका छन ।

संघिय केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग अस्पताालका लागी अति अवश्यक समाग्रीको जोहो गर्न अनुरोध गरेका छन । अक्सिजन प्लान्ट (कम्तिमा २५ वटा ठूलो सिलिण्डर प्रत्येक दिन उत्पादन गर्न सक्ने), ५० शैय्याको अस्पताल रहेकोले स्तरउन्नती गरेर १०० शैय्याको बनाउनु पर्ने, दरवन्दी अनुसारको कर्मचारी व्यवस्था गरी थप दरवन्दी स्विकृत गर्नु पर्ने, ठूलो साईजको अक्सिजन सिलिण्डर थान २०० को व्यवस्था गर्नु पर्ने, ज्म्ग् (ज्ष्नज म्भउभलमभलअथ ग्लष्त सन्चालन गर्न आवश्यक अस्थायी दरवन्दी कम्तिमा २ वर्षको लागि व्यवस्थापन गर्नु पर्ने उक्त अह्वानमा भनिएको छ ।