के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?

कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।

कोभिड-१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो। यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स-साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।

यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ। कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट कोभिड भाइरस नसरे पनि लामखुट्टेको टोकाइका कारण हुने अन्य रोगहरु भने लाग्न सक्दछ। डेंगु, मलेरिया जस्ता रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिन पर्छ। त्यसकारण यसतर्फ पनि ध्यान दिन आवश्यक छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.