कांग्रेस नेता पुनको कोरोनाबाट मृत्यु

डोटी । नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ।

डाेटीकाे केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली लगिएकाे थियाे ।

उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना संक्रमित नेता पुनको उपचारकै क्रममा मृत्यु भएकाे हाे ।

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत हुन् । उनका दुई छोरा र श्रीमती छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.