नयाँदिल्ली । कम्बोडियामा ग्रामीण पानी आपूर्तिको समस्या सिर्जना भएपछि भारतले १५०० हाते पम्पहरुको आपूर्ति र स्थापना गरेको छ। भारतले एक भर्चुअल कार्यक्रममार्फत उक्त हाते पम्पहरु स्थापना गर्नका लागि सहयोग गर्ने घोषणा गरिएको हो।
समारोहको अध्यक्षता भारतका विदेश राज्यमन्त्री राजकुमार रंजन सिंह र कम्बोडियाका ग्रामीण विकास मन्त्री डा. ओक रबुनले गरेका थिए।
परियोजनाको कार्यान्वयनका लागि भारत सरकारले शतप्रतिशत आर्थिक अनुदानमा गरिने भएको हो। यो कम्बोडिया को दुई प्रान्तहरुमा १५०० हाते पम्पहरुको आपूर्ति र स्थापना गरिने भारतीय विदेश मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
४३३ गाँउहरुमा लगभग चार लाख मानिसहरुको परियोजनाबाट लाभान्वित भएको छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने बताइएको छ। भारतको यस सहयोगमा २७ देखि ४० प्रतिशत मानिसहरुले सुरक्षित पानी पिउन सहयोग गर्ने भएको हो।
यो परियोजना भारत र कम्बोडियाको बीच बलियो द्विपक्षीय विकास सहयोग को प्रतिबिम्ब भएको बताइएको छ।