उत्कर्षमा एमाले विवाद : ओली विभाजनतर्फ अघि बढेको माधव–झलनाथ पक्षको ठहर

काठमाडाैँ । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् ।

बरु वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भला बुधबार सुरु भएको छ । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजितरुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन् ।

पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेको चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएका प्रतिवेदनमा उल्लेख छ ।

भारतीय नाकाबन्दी समाना गरेको प्रधानमन्त्रीका रुपमा ओलीको लोकप्रियतापछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गाएको आरोप नेपालले लगाएका छन् । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.