आर्यनले रुँदै भने, ‘बाबा जेलको खाना मिठो भएन’

एजेन्सी । शाहरुख खान छोरा आर्यनलाई भेट्न जेलमा गए। ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन र शाहरुखबीच करिब १५ मिनेट कुराकानी भयो।

बलिउड सञ्चारमाध्यमका अनुसार बुबालाई देख्नेबित्तिकै आर्यन ग्वाँग्वाँ रोएका थिए। आर्थर रोड जेलको स्रोतका अनुसार उनीहरु दुबैजना भेटमा भावुक भएका थिए। शाहरुखले छोरालाई भेट्दै गर्दा २ जना गार्ड त्यहाँ तैनाथ थिए।

त्यस्तै शाहरुखले आर्यनलाई त्यहाँको खानाबारे सोधेका थिए। तर आर्यनले जेलको खाना नमिठो भएको जवाफ दिएका थिए। शाहरुखले छोरालाई जेलको खाना मन नपरेको बताएका छन्।

त्यसपछि अभिनेता खानले जेलका अधिकारीलाई आर्यनलाई घरको खाना दिन मिल्छ भनेर सोधेका थिए। तर अधिकारीहरुले त्यसका लागि अदालतको अनुमति चाहिने जानकारी गराएका छन्।

भेटमा शाहरुखले आर्यनलाई बलियो रहन हिम्मत दिएका छन्। उनले छोरालाई नआत्तिन भनेको बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.