काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छिन् ।
गत वर्ष आयुशमान देश राज जोशी सँग विवाह बन्धनमा बाँधिएकी प्रियङ्कालाई पुत्री लाभ भएको हो । यति बेला सामाजिक सञ्जालमा प्रियङ्काले छोरी काखमा लिएको तस्बिर सार्वजनिक गरेकी छिन् ।
प्रियंकाले आफूले छोरीलाई जन्म दिएको सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छिन् ।
उनले आफ्नो तस्बिर सार्वजनिक गरेपछि उनलाई कमेन्ट बक्समा बधाईको ओइरो आइरहेको छ ।