आज पनि घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ ।

यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.