अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई रकम प्रस्ताव

एजेन्सी । अफगानिस्तानका विद्रोहीहरुलाई अमेरिकी सेना मार्न रुसले मोटो रकम प्रस्ताव गरेको खुलासा भएकाे छ। अमेरिकी अधिकारीहरुले उक्त प्रस्ताव गरेको गरेको खुलासा गरेका हुन्। अमेरिकी गुप्तचरहरुले अमेरिकी अफगानिस्तानी विद्रोहीहरुलाई मोटो रकम प्रस्ताव गरेर अमेरिकी सेना र नेटोमा आवद्ध सेना मार्न प्रस्ताव गरेको निष्कर्ष निकालेको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसा जारी छ । सन् २०१९ मा विद्रोहीहरुले २० जना अमेरिकी सेना मारेका थिए । यसमा रुसको संग्लग्नता भएको अमेरिकी गुप्तचर संस्थाले निष्कर्ष निकालेको छ । न्यूयोर्क टाइम्सका अनुसार यो रिपोर्ट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाइएको छ । समाचारमा जनाइए अनुसार, अफगानी विद्रोहीहरुसँग रुसको पनि संग्लग्नता देखिएको छ ।

गत फेब्रुअरी २९ मा अफगानी विद्रोही तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतालाई अमेरिका र तालिबान दुवैले मनन गरिरहेका छन् । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाउने तथा तालिबानले पनि हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने गरी सम्झौता भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.