अमेरिकी सेनाले खसाल्यो आफ्नो आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ ।

केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हो । सोही बेलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएको थियो ।

विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरुले सोही बलुनको टुक्राहरु निकाल्ने काम थालेका छन् । अमेरिकी रक्षा सचिव एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा चिनियाँ निगरानी बेलुनलाई खसालेको हो ।

अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहरेको छ । तर यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.