‘अमेरिकाले चीनलाई तिब्बतमा आरामसँग बस्न दिदैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुमै स्पष्ट पारेका छन् कि उनको प्रशासन कुनै पनि हिसाबले चीनप्रति नरम हुनेछैन।

अब बाइडेन प्रशासनले भनेका छन कि तिब्बती आध्यात्मिक गुरु दलाई लामाको उत्तराधिकारी छान्नको लागि चिनियाँ सरकारको कुनै भूमिका हुनु हुँदैन। अमेरिकाको यो मनोवृत्तिबाट स्पष्ट हुन्छ कि यसले चीनको जिनपिंग सरकारलाई तिब्बतमा आरामसँग बस्न दिदैन।

१४ औं दलाई लामा १७ मे १९५९ मा ल्हासाबाट भागे र लगभग त्यसकाे एक वर्ष पछिदेखि अरुणाचल प्रदेशमा शरण लिएर बसिरहेका छन्।। १९६२ को युद्धमा दलाई लामाको आश्रय पनि एक प्रमुख कारण मानिन्छ।

दैनिक प्रेस सम्मेलनको क्रममा अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, “हामी विश्वास गर्दछौं कि तिब्बती आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारी छान्न चिनियाँ सरकारको कुनै भूमिका हुनु हुँदैन।”

२५ वर्ष भन्दा बढी समय देखि पंचेन लामाका उत्तराधिकार की प्रक्रियामा बेइजिंगकाे हस्तक्षेप, जसमा पंचेन लामालाइ बच्चाकै उमेरमा गायब गरी र फेरि पिपल्स रिपब्लिक चाइना सरकारले छनौट गरेको उत्तराधिकारीलाई त्यसकाे जगह दिने गरी काेशिस गर्न धार्मिक स्वतन्त्रताको घोर उल्लंघनको रूपमा दर्शाउछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.