अब मास्क नलगाई हिँडे कारबाहीमा परिने

काठमाडौं । काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् ।

मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’

पराजुलीका अनुसार सार्वजनिक यातायतमा मास्क लगाए/नलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्‍मेवारी दिने तयारी गरिएको छ ।

यसअघि गत वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.