चीनमा रेस्टुरेन्ट ढल्दा १७ जनाकाे मृत्यु

काठमाडाैं । उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेकाे रेस्टुरेन्ट भवन शनिबार शनिबार भत्किएकाे हाे।

भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ अन्य व्यक्ति पनि फसेकाे अनुमानमा उद्धार जारी राखिएकाे बताइएकाे छ। एजेन्सी