प्रवास

दुबईबाट मस्को हुँदै अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

दुबईबाट मस्को हुँदै अमेरिका छिर्न खोजेका ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

प्रवास
काठमाडौं । जर्मनीमा ५ दर्जन नेपाली पक्राउ परेको बताइएको छ। उनीहरुलाई जर्मन प्रहरीले फ्र्यांकफर्ट विमानस्थलबाट नियन्त्रणमा लिएको उल्लेख गरिएको हो। काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोजेका उनीहरु पक्राउ परेका हुन्। यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो। अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए। मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए। जर्मनीको सुरक्षा एजेन्सीले १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको बताइएको छ। पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको छ। ती १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका...
डा.गोविन्द केसी एकाएक किन पुगे अमेरिका ?

डा.गोविन्द केसी एकाएक किन पुगे अमेरिका ?

प्रवास
काठमाडौं । डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाएका छन् । २० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो । विज्ञप्तिमा उनले भनेका छन्–‘यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई ...
बेलायतले किन हटाएन नेपाललाई रातो सूचीबाट ?

बेलायतले किन हटाएन नेपाललाई रातो सूचीबाट ?

Featured, प्रवास
काठमाडौँ । अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ । खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका देशहरूलाई सेप्टेम्बर २२ बेलायतले पहेंलो सूचीमा उकाल्दैछ भने अक्टोबर ४ मा पहेंलो र हरियो सूची अक्टोबर ४ देखि मर्ज हुँदैछ । बेलायतले अहिले जोखिमका आधारमा विभिन्न देशलाई ‘ट्राफिक लाइट सिस्टम’का आधारमा वर्गीकरण गरेको छ । जोखिम कम भएका बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, इजिष्ट, केन्या, ओमान, टर्की २२ सेप्टेम्बरदेखि पहेंलो सूचीमा चढाइँदैछन् । तर नेपालले आफ्नो कूटनीतिक सम्बन्धको प्रयोग गरी खोप अभियानमा भएको प्रगति र नयाँ संक्रमितहरूको संख्याबारे राम्ररी जानकारी गराउन नसक्दा नेपाल भने रातो सूचीमा नै रहीरहेको छ । बीबीसीका अनुसार, हरियो र पहेंलो सूचीमा रहेका देशका नागरिकले पूर्ण मात्रा खोप लिएको खण्डमा बेलायतको भ...
साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

साउदीमा २४ नेपाली अलपत्र, दूतावासले सहयोग नगरेको गुनासो

प्रवास
साउदी । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् । कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् । उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् । नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेप...
जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

प्रवास
काठमाडौँ । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,’सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’ फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरेर उसले धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो । डोल...
नेपालीहरू कतार प्रहरीमा भर्ना हुन पाउने, यस्तो छ तलव सुबिधा

नेपालीहरू कतार प्रहरीमा भर्ना हुन पाउने, यस्तो छ तलव सुबिधा

प्रवास
काठमाडौँ। निजी क्षेत्रमार्फत् अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्। तर, पहिले आफ्नो प्रहरीमा नेपाली नागरिक लिन इच्छुक कतारको ‘पछिल्लो मनस्थिति’ के छ भन्ने थाहा नभएकाले त्यसबारे अन्योल कायमै रहेको नेपाली अधिकारीको भनाइ रहेको बीबीसी नेपालीले उल्लेख गरेको छ। केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए। यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन “आफूखुसी रकम उठाएर” बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो। उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो। तलब कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ। ...
एनआरएनए र सगुनबीच सहमति

एनआरएनए र सगुनबीच सहमति

प्रवास
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ—कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ । त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ । एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् । बयासी मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ । सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँ...
अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

प्रवास
अमेरिका । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् । यसैवीच, नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् । भण्डारीले स्टेट डिपार्टमेन्ट यूएसएआईड व्यवस्थापन तथा अन्तराष्ट्रिय बिकास अध्यक्ष बेन कार्डिन र विश्व स्वास्थ्य उपसमिति अध्यक्ष सिनेटर क्रिस भ्यान होलेनलाई औपचारिकरुपमा पत्र लेखेका छन् । नेपालले भारत र चीनलाई औपचारिक आग्रह गरेकै बखत भण्डारीले अमेरिकी सरकारका उच्चपदस्थ अधिकारीहरुलाई ईमेल लेखेर आग्रह गर्दै भनेका छन्, ‘नेपाललाई अहिले खोपको आवश्यकता छ, हामीले सहयोग गर्नु पर्दछ ।’ नेपाली पत्रकारस...
सुदूरपश्चिमेली नेपाली समाज साउदीको अध्यक्षमा खेम राज भट्ट

सुदूरपश्चिमेली नेपाली समाज साउदीको अध्यक्षमा खेम राज भट्ट

प्रवास
साउदी। सुदूर पश्चिम बाट साउदीमा आई कार्यरत प्रवासी नेपालीहरुको संस्था सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब शाखाको प्रथम अध्यक्षमा खेम राज भट्ट सर्बसम्मतिबाट चयन भएका छन् । गत मे २८ गते रियाद स्थित लालिगुरास होटेलमा आयोजित बैठकले भट्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएका छन् । जस अनुसार बरिष्ठ उपाध्यक्ष :पदम महत,प्रथम उपाध्यक्ष : धिरज साऊँद, द्वितीय उपाध्यक्ष :चक्र मल्ल ,तृतीय उपाध्यक्ष : ललित सिंह ,महिला संयोजक : श्रीमती सबिता गौतम,महासचिव : केशव ब. सिंह ,सचिव : अर्जुन माल,सह-सचिव : केशव सिंह धामी,कोषाध्यक्ष :राम बहादुर रोकाया,सह-कोषाध्यक्ष :राम बहादुर बिष्ट र सदस्यहरु : आर जे पन्त,धन ब. नाथ ,बशन्त भट्ट ,गोबिन्द सिंह बोहरा ,धरम ऐर ,बाबु रिजाल,दिपक बहादुर सिंह ,दिपक बोगटी,रोहित पाली, सिद्धराज भट्ट , सुरत राज सोती ,दिपक लुहार र पदमराज भट्ट चयन भएका छन् । त्यसै गरी रियाद क्षेत्रीय स...
नेपाली युवकद्वारा कोरियामा झुण्डिएर आत्महत्या

नेपाली युवकद्वारा कोरियामा झुण्डिएर आत्महत्या

प्रवास
काठमाडौं । रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए । उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डिएको अवस्थामा भेटेका थिए । विष्णुलाई झ...