बलिउड अभिनेता फराज खानको ४६ वर्षको उमेरमा निधन

काठमाडौं । बलिउड अभिनेता फराज खानको निधन भएको छ । अभिनेता खानको ४६ वर्षको उमेरमा बुधबार बेलगुरुको एक अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको निधन भएको अभिनेत्री पूजा भट्टले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएकी छन्।

‘भारी मनका साथ यो खबर भनिरहेकी छु कि फराजले हामी सबैलाई छाडेर गए, उनले छाडेको रिक्त ठाउँ कसैको उपस्थितिले पनि भरिँदैन’, उनले लेखेकी छन्। उनले मद्दतका लागि सबैलाई धन्यवाद दिँदै दुःखद् घडीमा परीवारलाई साथ दिन समेत आग्रह गरेकी छन् ।

खराब स्वास्थ्यका कारण उनी लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहँदै आएका थिए। उनको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको थियो। बेलगुरु अस्पतालमा भएको सबै खर्च बलिउडकै अर्का अभिनेता सलमान खानले तिरेर उनलाई सहयोग गरेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.