बहुविवाह मुद्दाका २ जना फरार अभियुक्त पक्राउ

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

६ वर्षदेखि फरार रहेका मेन्छयायेम गाउँपालिका-१ का सन्तबहादुर कार्की र संगीता उप्रेतीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बहुविवाह मुद्दामा तेह्रथुम जिल्ला अदालतले उनीहरु विरुद्ध २०७१ जेठ २९ गते जनही एक वर्ष कैद फैसला गरेको थियो । गोप्य सूचनाको आधारमा कात्तिक १३ गते साँझ ५ बजे दुवै जनालाई घरबाटै पक्राउ गरेको तेह्रथुम प्रहरीले जनाएको छ ।

तेह्रथुम जिल्ला अदालत बन्द रहेकोले खुलेको दिन पेस गरिने जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

Facebook Comments