काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउलाई पक्राउ गरेकाे छ ।
चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपालीसहित १० जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको गाेप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
Facebook Comments