पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण पुष्टि

नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे ।

बिहीबार प्रजिअ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको र साथै उनका परिवारका अन्य २ जनामा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

Facebook Comments