काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भीम रावलले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।
सोमबार सामाजिक सन्जाल ट्वीटरमार्फत नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका हुन । नेपाल र चिनियाँ पक्षका कर्मचारीलाई सामेल गराएर स्थलगत अध्ययन गर्न पनि सरकारलाई नेता रावललेआग्रह गरेका छन् ।
‘हुम्लाको नाम्खा गापा, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्’, उनले भनेका छन् ।
नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् । चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारे पनि हुम्लाको लाप्चामा नेपाली भूमि मिचेको भइसकेको छ ।
यसअघी हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्किन लागेका नेपाली टोलीमाथि चिनियाँ सेनाले अश्रु ग्यास प्रहार गरेको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरेका थिए ।
नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भ अनुगमनका क्रममा चिनियाँ पक्षले अश्रु ग्यास प्रहार गरेको थियो । ५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार गरेको थियो।
Facebook Comments