काठमाडौंमा १ हजार २८० सहित उपत्यकामा थपिए १ हजार ६३८ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार २८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा आज अहिले सम्मकै बढी २ हजार ७२२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ३०७ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२० पुगेको छ।

Facebook Comments