उपत्यकामा ७६७ काेराेना संक्रमित थपिए

coronavirus-thumb-img

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ६०२ जना, भक्तपुरमा १०१ र ललितपुरमा जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै उपत्यकासहित देशभर भने १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएकाे जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ । यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

 

 

Facebook Comments