विश्वभरी सङ्क्रमित मध्ये दुई करोड २३ लाख सङ्क्रमणमुक्त

काठमाडौं । कोरोना भाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउसोसम्ममा विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुल सङ्क्रमित मध्ये दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय सङ्क्रमितहरु मध्येको एक प्रतिशत मात्रै हो ।

देश अनुसार हेर्दा विश्वभरी सवैभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना सङ्क्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना सङ्क्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार २५१ जना सङ्क्रमित र १९ हजार ३३९ जनाको मृत्यु भएको तथ्याङ्का छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार ४१२ जना सङ्क्रमित हुँदा ३१ हजार २८३ जनाको मृत्यु भएको छ । यो कोरनोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा पाँचौ धेरै सङ्क्रमितहरुको भएको मुलुकमा पर्दछ ।

त्यसैगरी सङ्क्रमितहरुको सङ्ख्याकै आधारमा कोलाम्बीया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टीना दशौँमा पर्दछ

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित