एसपीसहित थप १७ जनामा कोरोना संक्रमण

coronavirus-thumb-img

काठमाडाैं । बिहीबार सप्तरीका प्रहरी उपरीक्षक (एसपी)सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी राजेन्द्रप्रसाद धमला, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि एसपी धमला र डिएसपी भारती होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

अन्य संक्रमितमा गजेन्द्रनारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारका दुई सुरक्षाकर्मी, नौ कैदीबन्दी तथा राजविराज नगरपालिकाका दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments