पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्त १३ वर्षपछि पक्राउ, मुख्य योजनाकार फरार

बारा । पत्रकार वीरेन्द्र साह हत्या अभियाेगमा हरेराम पटेल १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार कोल्हवीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए ।

बाराको साविक तेलकुवाँ गाविस-४ हाल महागढीमाई नगरपालिका-२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।

हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरी उपरीक्षक पंगेनीले बताए । पत्रकार साह हत्याका मुख्य योजनाकार लालबहादुर चौधरी भने अझै फरार रहेका प्रहरीले जनाएकाे छ ।

Facebook Comments