सुदूरपश्चिमका जनताले भने- ‘नेवार समुदायकाे साथमा छाै हामी’

काठमाडौँ । सुदूरपश्चिमका जनताहरूले नेवार समुदायको रातो मछिन्द्रनाथको यात्रामाथि गरेको सरकारको रवैयालाइ लिएर आक्रोशित भएका छन्।

बाजुराका हरि महर्जनले भने,’रातो मछिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा राज्यद्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप संस्कृतिमाथिकै हस्तक्षेप हो।’

त्यस्तै डोटीका महेश श्रेष्ठले सुदूपश्चिमका जनता नेवार समुदायको पक्षमा छौँ भन्दै सरकारको आलोचना गरे। उनले भने,’संस्कृतिमाथि यसरी हस्तक्षेप हुन नेवार समुदायमाथि हस्तक्षेप गर्नु हो’

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको थियाे

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो। सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

Facebook Comments