चीनले पनि लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, अमेरिकाको प्रतिबन्धबाट नडराउने धम्की !

एजेन्सी। चीन र अमेरिकाबीच दुश्मनी बढिरहँदा चीनले पनि केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले प्रवेश गर्न नदिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो । चीनमा मुस्लिम समुदायको बारेमा तथा तिब्बतको बारेमा अमेरिकाले बारम्बार मुद्दा उठाउने गरेको छ । चीनले भने ती सबै चीनको आन्तरिक मामिला भएको भन्दै चासो नराख्न चेतावनी दिने गरेको छ ।

पछिल्लो समय चीन र अमेरिकाबीच ताइवान र हङकङको विषयलाई लिएर तनाब बढेको हो । अमेरिकाले हङकङमा चीनले लागु गरेको सुरक्षा कानुनको विरोध जनाउँदै आएको छ । यसवाहेक कोरोनाभाइरसका कारण पनि अमेरिका र चीनबीच तनाब कायम छ ।

चीनले साउथ चाइना सीमा अमेरिकाको कुनै पनि प्रतिबन्धबाट नडराउने जनाएको छ । अमेरिकाले साउथ चाइना सी र यस क्षेत्रमा अस्थिरता र समस्या सिर्जना गरेको आरोप लगाउँदै चीनले कुनै पनि प्रतिबन्धसँग नडराउने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुङयिङले प्रेस ब्रिफिङका क्रममा भनिन्, “अमेरिका थप गलत बाटोमा जाने छैन भन्‍नेमा चीन आशावादी छ ।” पूर्वी एसियाका वरिष्ठ कूटनीतिज्ञले चिनियाँ अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने चतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको साउथ चाइन सीमा तटीय स्रोतहरुको खोजी गर्ने क्रियाकलाप ‘पूर्णरुपमा अवैधानिक’ भएको बताएका थिए । उनले बेइजिङको विवादित जलस्रोतमा ‘नियन्त्रका लागि बुलिङ अभियान’ सञ्‍चालन गरेको भन्दै आलोचनासमेत गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्तिपछि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले अमेरिका साउथ चाइन सीमा स्थिरताका लागि सबभन्दा ठूलो खतरा भएको र सबैभन्दा ठूलो ‘म्यानिपुलेटर’ भएको जनाएको थियो ।

ग्लोबल टाइम्सले एक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, “चीनले आसियन सदस्यहरुसँग मिलेर साउथ चाइना सीमा कोड अफ कन्डक्टमा (सीओसी) बृहत् परामर्श गरिरहेको र जसले देखिने गरी प्रगति गरिरहेको छ । तर, अमेरिकाले यस क्षेत्रमा आफ्ना पाखुरा फैलाएर चीन र आसियन मुलुकबीच विवाद सिर्जना गर्ने उद्देश्यले असह्य अभिव्यक्ति र गतिविधिहरु गरिरहेको छ । जसले आसियन क्षेत्रको स्थायित्वलाईसमेत अवमूल्यन गरेको छ ।”

नाम उल्लेख नगरिएको विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “संयुक्त राज्य अमेरिका सबभन्दा ठूलो म्यानिपुलेटर र साउथ चाइन सीको शान्ति र स्थायित्वका लागि सबभन्दा ठूलो खतरा हो ।”

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित