पाकिस्तानी पाइलटको अन्तर्राष्ट्रिय विश्वसनीयता संकटमा

इस्लामाबाद । २२ मेमा लाहोरबाट कराँची गइरहेको विमान दुर्घटना हुँदा आठ जना चालक दलका सदस्यसहित ९९ जनाको मृत्यु भएको थियो । उक्त भयानक घटनाले सिंगो विश्वलाई नै स्तब्ध बनाएको थियो । उक्त विमान दुर्घटनापछि पाकिस्तानमा विमान दुर्घटनाका श्रृंखला र त्यसमा भएको कमजोरी औंल्याउनका लागि एक समिति बनेको थियो ।

उक्त समितिको प्रतिवेदनले सिंगो विश्वको मष्तिष्क हल्लाइ दियो भने अन्तर्राष्ट्रिय उडान भर्न पाकिस्तानको सरकारी एयरलाइन्स पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्सका पाइलटमाथि नै शंका उत्पन्‍न भएको हो ।

पाकिस्तानको संघीय उडड्यन मन्त्री गुलाम सरवार खानले पाकिस्तानका ४० प्रतिशत पाइलटसँग नक्कली लाइसेन्स भएको दाबी गरेका थिए । कराचीमा भएको विमान दुर्घटनाको अनुसन्धान प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने क्रममा उनीहरु उडान भर्न योग्य नरहेको खुलासा गरेका छन् ।

सम्बोधनका क्रममा उनले २६२ जना पाइलटहरुले आफूले परीक्षा नदिई आफ्नो साटो अरुलाई नै परीक्षा दिन लगाएको बताए । ‘उनीहरुसँग हवाई उडानको अनुभव नै छैन”, उनले भने ।

पाकिस्तानमा ८६० जना सक्रिय आन्तरिक उडान भर्ने पाइलटहरु कार्यरत छन् । मन्त्री खानका अनुसार यसमा पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एअरलाइन्स र अन्य विदेशी हवाई कम्पनीहरु प्नि समावेश छन् ।

पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) ले फर्जी लाइसेन्स भएका पाइलटहरुलाई तत्कालै लागू हुने गरी ग्राउन्डेड गरेको छ। नक्कली लाइसेन्सको समस्या केवल पीआईएको मात्रै नभई समग्र पाकिस्तानी हवाई उद्योगमा फैलिएको पीआईएले स्वीकारेको छ । पीआईएका प्रवक्ता अब्दुल्ला खानले पाकिस्तानी हवाई कम्पनीमा मात्रै नभई पाकिस्तानमा उडान गर्ने विदेशी हवाई कम्पनीमा समेत नक्कली पाइलट रहेको दाबी गरे ।

मन्त्री खानले पीआईएको पिके ८३०३ मा उडान भरिरहेका दुईजना पाइलटहरुको लाइसेन्स नक्कली भए नभएका बारेमा भने कुनै जानकारी दिएनन् । रिपोर्टका अनुसार विमान बस्तीनजिक पुग्दै गर्दा पाइलटहरुले एअर ट्राफिक कन्ट्रोलरहरुले दिएको निरन्तरको चेतावनीलाई बेवास्ता गर्दै कोरोनाभाइरससम्बन्धी गफमा मस्त थिए ।

“उडान अवधिभर पाइलटहरु कोरोनासम्बन्धी गफमा मस्त थिए। उनीहरु उडानमा ध्यान दिइरहेका थिएनन् । आफ्नो परिवार कसरी संक्रमित भयो भनेर बताइरहेका थिए र उनीहरु बढी आत्मविश्वासी देखिएका थिए”, मन्त्री खानले भने, “पाइलटहरुलाई विमान धेरै उचाइमा रहेको र ल्यान्ड गर्न उपयुक्त नरहेको भन्दै तीनपटक चेतावनी दिइएको थियो । तर उनीहरुले गम्भीर रुपमा लिएनन्। पाइलटहरुले ल्यान्डिङ गिअर कम नगरीकनै ल्यान्ड गरे अनि दुर्घटना भयो ।”

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.