भारत आत्मनिर्भर अभियान तीव्ररुपमा, सन् २०२३ सम्म पाँच प्लान्ट बन्दै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारत अभियानअन्तर्गत पहिलो कदम कृषिका लागि अत्यावश्यक मल युरियामा आत्मनिर्भर बनेको बताएका छन् । मलमा आत्मनिर्भर बन्‍नका लागि सन् २०२१ अघि भारतले चार नयाँ प्लान्ट स्थापना गर्ने उनले बताएका हुन् ।

भारतले चीनबाट आयात हुने मलको दर घटाएको छ । सन् २०२३सम्म पाँच युरिया प्लान्ट स्थापना गरिसक्ने जनाएका छन् । सन् २०१९-२० मा भारतले दुई करवड ९० लाख टन युरिया चीनबाट आयात गरेको थियो । जुन मुल्य ८५४.५६ मिलियन अमेरिकी डलर बराबरको भारतीय खर्च चीन जाने गरेको थियो । भारतमा हाल ११ मिलियन टन मल खपत हुँदै आएको छ।

एक उच्च सरकारी अधिकारीले भने, “पाँचवटै प्लान्टहरु नियमित सञ्‍चालनमा आएमा १.२७ एमटी प्रतिवर्ष उत्पादन हुने जनाइएको छ । सन् २०२३-२४ सम्म भारत युरियामा आत्मनिर्भर बनिसक्‍ने छ ।”

सन् २०२३ सम्म सम्पन्‍न गर्ने योजना रहेको प्लान्टहरुमा पहिलो प्लान्ट अक्टोबरसम्म तेलंगानाको रामागुदाममा स्थापना हुने जनाइएको छ ।

Facebook Comments