७७ वटै जिल्लामा भेटिए संक्रमित

काठमाडौं- नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो पटक रसुवमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका ७७ वटै जिल्लामा यसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा विगत २४ घण्टायता मात्र थप ५५४ जनामा यसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज संक्रमित पाइएकामध्ये १२० जना महिला हुन् भने बाँकी ४३४ जना पुरुष हुन्। पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ।

Facebook Comments