ओलीलाई यस्ताे खतराकाे संकेत देखिएपछि बैठकबाटै हिंडे!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो दिनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी रहेकाे छ। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर बाहिरिएका छन्। स्राेतका अनुसार प्रधानमन्त्री वा अध्यक्ष पद मध्ये एक पद राेज्नुपर्ने विषयमा बहस हुने चाल पाएपछि बैठकबाटै ओली हिंडेका हुन्।

ओलीलाई सहज होस् भनेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा राखिएको स्थायी समिति बैठकमा शुक्रबार पनि उनी उपस्थित भएनन् । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बिषयमा कुरा उठ्ने भएपछि उनी अनुपस्थित भएको अड्कलबाजी पनि नेकपा बृत्तमा गरिएको छ ।

पहिलो दिनको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो । पहिलो दिनको बैठकमै अध्यक्षद्वयले एकअर्कालाई घोचपेच गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरेको तर पार्टीले बिरोध गरेकोमा असन्तुष्टी प्रकट गरेका थिए ।

हिजोको बैठकमा आफू उपस्थित् हुन नसक्ने र बैठक सञ्चालन गर्न अध्यक्ष दाहाललाई महासचिव विष्णु पौडेलमार्फत सन्देश पठाएका थिए ।अहिले बैठकको अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरिरहेका छन् । ओली बैठकबाट बाहिरिएलगत्तै अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण ओली बैठकमा नबसेको कुरा नेताहरुलाई जानकारी गराएका थिए । गत बुधबारदेखि सुरु नेकपाको पाँचौं स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको कामको समिक्षा, सिमा विवाददेखि लिएर एमसीसीका सम्बन्धमा छलफल हुँदैछ । हिजो सिमा विवादको सम्बन्धमा छलफल भएको थियो । हिजोको बैठकमा १८ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Facebook Comments