आज २०७७ आषाढ १३ शनिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने र खर्चसमेत बढ्ने योग छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Facebook Comments