‘विश्व कोरोनाविरुद्ध लडिरहेकाे मौकामा चीनले भारतीय सीमामा सिर्जना गर्‍यो सैन्य मोर्चा’

वाशिङ्टन । विश्व चीनबाट सुरु भएको नोभेल कोरोना भाइरसको महामारीको सामना गर्न व्यस्त भइरहेका मौकाको फाइदा उठाउँदै चीनले नै भारतीय सीमामा सैन्य मोर्चा सिर्जना गरेको छ । पूर्वी लद्दाखको गलवान भ्यालीमा देखिएको पछिल्लो भारत-चीन सैन्यबीचको तनाव भारतीय सीमामा सिर्जना गरेको चिनियाँ सैन्य गतिविधिमध्यकै एक हो ।

पूर्वी एसिया र प्यासिफिक मामिलाका अमेरिकी सहायक विदेशमन्त्री डेभिड स्टिलवेलले पत्रकार सम्मलेनका क्रममा अमेरिकीले भारतीय सीमामा चीनले गरिरहेका सम्पूर्ण गतिविधि अवलोकन गरिरहेको बताएका थिए । उनले भारत-चीनबीचको पछिल्लो विवादलाई पनि नजिकबाट नियालिरहेको बताए ।

उनले भने, “चीनले विश्व कोरोनाविरुद्ध व्यस्त हुँदै बाँच्‍नका लागि र कोरोनाबाट निको हुने उपायहरु सोचिरहेको मौकामा मूल्यांकन गर्दै भारतीय सीमामा आक्रमण बढाएको हो ।”

चीनले सिर्जना गरेका सैन्य मोर्चा तथा सैन्य गतिविधि यसअघिको सीमा विवादअघि देखाएको चिनियाँ अवतारजस्तै देखिने गरी अहिले तीव्र पारेकोमा भारतलाई पनि तयारी अवस्थामा रहन अमेरिकाले सुझाएको छ । उनले अमेरिका-चीनबीच राम्रोसँग संवाद नभएको उल्लेख गर्दै उनले यसअघि दोक्लाम विवादजस्तै गरी चीनले फेरि विवाद सिर्जना गरिरहेको बताए ।

१५-१६ जूनमा गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनतर्फ त्यसभन्दा धेरैको मृत्यु भएको छ । तर, चीनले अन्तर्राष्ट्रिय समुदायमा आफैंले सुरु गरेको विवादमा आफ्नै सेना परेको लज्जाबोधका कारण चिनियाँ सैनिकको मृत्युको विवरण सार्वजनिक गरेको छैन ।

Facebook Comments