काठमाडौं । चिनियाँ औद्योगिक उत्पादनमा अपेक्षाअनुसारको वृद्धि नभएको पाइएको छ ।
चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन केबल ४.५ प्रतिशतले बढेको छ ।यो वृद्धिदर गत मार्चयताकै सबैभन्दा सुस्त हो ।
घरजग्गा बजारमा मन्दी छाइरहेका बेला यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । चीनमा घरजग्गाको मूल्य लगातार घटिरहेको छ । चिनियाँ अर्थतन्त्रमा उपभोक्ताको विश्वासमा पनि कमी आइरहेको पाइएको छ ।
यसले गर्दा उपभोग्य वस्तुको मागमा पनि अपेक्षा अनुसार वृद्धि हुन सकेको छैन । चीनमा बेरोजगारी दर पनि ५ प्रतिशत रहेको देखिएको छ । बेरोजगारी दरलाई नियन्त्रण गर्नका लागि चीनले नयाँ कार्यक्रम घोषणा गर्ने अपेक्षा गरिएको छ ।
Facebook Comments