पकिस्तानका नयाँ आईएसआईकाे चीफ बने असिम मलिक

एजेन्सी । पाकिस्तानमा लेफ्टिनेन्ट जनरल मुहममद असिम मलिक आईएसआईकाे नयाँ चीफ बनेका छन् । उनी अब पाकिस्तानकाे खुफिया एजेन्सी इन्टर सर्विलिजेन्स (आईएसआई) मा महानिर्देशककाे पद समाल्ने छन् ।

वर्तमानमा उनी रावलपिंडि स्थित सैन्य मुख्यालयमा एक सहायक जनरलकाे रूपमा कार्यरत छन् । ३० सेक्टेम्बरमा उनी हाल बहाल रहेका डीजी लेफ्टिनेन्ट जनरल नदीम अंजुमको स्थान लिनेछन् ।

पाकिस्तानमा याे पद धेरै महत्वपूर्ण मानिन्छ । पाकिस्तानमा सेना प्रमुख पछि यसै पदकाे सबैभन्दा बढी महत्व हुन्छ ।

को हुन् असिम मलिक ?
असिम मलिकले सोर्ड अफ अनर पाएका छन् । असिमले नेशनल डिफेन्स युनिभर्सिटी (NDU) मा मुख्य प्रशिक्षकका साथै कमाण्ड एण्ड स्टाफ कलेज क्वेटामा प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन्। मलिकले अमेरिकाबाट स्नातक गरेका छन् र रोयल कलेज अफ डिफेन्स स्टडिज, लन्डनबाट पनि अध्ययन गरेका छन्। असिम मलिकलाई सुरक्षा र विदेश मामिलाका उत्कृष्ट विशेषज्ञहरूमध्ये एक मानिन्छ।

मलिकसँग बलुचिस्तान र खैबर पख्तुनख्वामा काम गर्ने राम्रो अनुभव छ। लामो समयदेखि यहाँ आन्दोलन पनि भइरहेको छ। यही कारणलाई ध्यानमा राखेर उनलाई आईएसआई प्रमुखको कमाण्ड दिइएको मानिन्छ । उनी बलुचिस्तानमा इन्फन्ट्री डिभिजनको प्रमुख भइसकेका छन्। बलुचिस्तान र खैबर पख्तुनख्वामा लगातार आक्रमण भइरहेको छ। पछिल्लो एक वर्षमा यहाँ हुने आक्रमणको संख्या पनि निकै बढेको छ ।

आईएसआई प्रमुखको हैसियत के छ ?
पाकिस्तानमा आइएसआई प्रमुख कत्तिको शक्तिशाली छन् भन्ने अनुमान उनको नियुक्ति सीधै प्रधानमन्त्रीले गर्ने गरेको तथ्यबाट पनि लगाउन सकिन्छ । तर, सेना प्रमुखको सल्लाहमा काम हुन्छ । देशको आन्तरिक मामिलामा मात्रै नभई विदेश नीतिमा पनि त्यसको हस्तक्षेप देखिएको छ । स्रोतका अनुसार असिम मलिक पनि प्रधानमन्त्री शाहबाज शरीफसँग नजिक छन् र राम्रो सम्बन्ध राख्छन्। यसअघि आइएसआई प्रमुख नदीम अन्जुमकाे गत वर्ष मात्रै एक वर्षको सेवा अवधि थप गरिएकाे थिए ।

Facebook Comments