भारतमाथि चीनको भर्चुअल आक्रमण र तिब्बतमा धार्मिक संहार

फाेटाे साैजन्य: रेडियो फ्रि एसिया

एजेन्सी । उत्तर–पश्चिम र उत्तर–पूर्वमा तिब्बतसँग जोडिएको भारत र चीनबीच कुनै सीमा छैन । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले बेइजिङमा सत्ता लिएपछि तिब्बतलाई चीनले प्राप्त गरेको र उसले स्वतन्त्रता पाउनुपर्छ भन्ने धारणा ठूलो संख्यामा भारतीयहरू राख्दै आएका छन् ।

अर्कोतर्फ, सीसीपीले तिब्बत सधैं चीनको हिस्सा भएको दाबी गर्दै आएको छ । यसका लागि चीनको विदेश मन्त्रालयले मनगढन्ते नक्सालाई हतियार बनाउँदै तिब्बतमाथि आफ्नो दाबीको अथक प्रयास गर्दै आएको छ । उसले नक्सामा आफूअनुकूलका नामहरु राख्ने र त्यसलाई प्रमाणको रुपमा देखाउँदै आफ्नो दाबी गर्ने गरेको छ ।

गत मार्च ३० मा, चीनले पूर्वोत्तर भारतीय राज्य अरुणाचलका ३० स्थानको पनि नाम परिवर्तन गरेको छ । आवास क्षेत्र, पहाड, नदी, ताललगायत संरचनलाई चीनले आफ्नो नाम दिएको छ । ती प्रत्येक स्थानको नामका लागि उच्च–रिजोलुसनका नक्साहरु तयार पारिएको छ ।

वास्तवमा चीनको यस्तो गतिविधिलाई ‘सिनिसिजेशन’ भनिने गरिएको छ । यसको अर्थ हो, चीनले आफ्ना सीमा क्षेत्रका स्थानहरुलाई पहिला चिनियाँ नाम दिने, ती नाम प्रयोग गरी उच्चस्तरका नक्साहरु तयार पार्ने, डिजिटलाइजेसन गर्ने, प्रचारप्रसारमा ल्याउने र पछि ती भूभागमा आफ्नो दाबी गर्ने ।

‘सिनिसिजेशन’ बेइजिङले हालै सञ्चालन गरेको आक्रामक अभियान पनि हो । चीन र भारतबीच विवाद रहेका अरुणाचल लगायत क्षेत्रमा चीनले ‘सिनिसिजेशन’ तीव्र पारेको छ ।

अरुणाचल लगायत क्षेत्रका नाम परिवर्तन गर्ने अभियान चीनले सन् २०१७ अप्रिल १३ मा सुरु गरेको थियो । त्यतिबेला चीने ६ स्थानको नाम आधिकारिक रुपमा परिवर्तन गरेको थियो ।

दोस्रो चरणमा २०२१ डिसेम्बर २९ मा १५ स्थानको नाम परिवर्तन गरिएको थियो । तेस्रो पटक २०२३ अप्रिल २ मा पनि चीनले ११ स्थानको नाम फेरेको थियो ।

यो उल्लेखनीय छ कि पहिलो परिवर्तनको आधिकारिक घोषणाले स्पष्ट रूपमा यसलाई ‘पहिलो ब्याच’ को रूपमा परिभाषित गर्छ, यसको मतलब अझै परिवर्तन बाँकी छ । तर, यो शृंखलाको अन्तिम ब्याचको रूपमा मार्च २०२४ को चौथो ब्याच हो भन्ने टुंगो छैन ।

वास्तवमा चीनको यो रणनीतिक चाल हो । अहिले नाम परिवर्तन गर्दैमा अरुणाचलका ती भूभाग न भारतले गुमाएको छ न त चीनले कब्जा नै गरेको छ ।

तर चीन यो चालबाट एकप्रकारको मनोवैज्ञानिक असर पार्न खोजिरहेको छ । उसको दाबी छ, भारत जुन क्षेत्रलाई अरुणाचल भन्छ, त्यसको अस्तित्व नै छैन । यो भूभाग आफ्नो सीमा क्षेत्रभित्र पर्ने चीनको दाबी छ । त्यसैले यसको नाम भारतीय हुन नसक्ने भन्दै नयाँ नाम र त्यो नाम उल्ले भएको नयाँ नक्सा बनाएर पूरा विश्वलाई देखाउने उसको रणनीति हो ।

चीन अरुणाचल तिब्बती भूभाग भएको र यसको नाम ‘जंगनान’ रहेको दाबी गर्छ । तिब्बत आफ्नो भूभाग भएकाले अरुणाचल पनि आफ्नो भएको उसको भनाइ छ । यस्तो दाबी चीनले तिब्बतमा आक्रमण र कब्जा गरेपछि सन् १९५० देखि गर्दै आएको हो ।

तिब्बतमा चीनको आक्रमण सन् १९५९ मा ल्हासा युद्धपछि सकिएको थियो । यसक्रममा ठूलो सांस्कृतिक संहार पनि भएको थियो । चीनको आक्रमणका कारण तिब्बती पहिचान, धार्मिक मान्यता, स्वतन्त्रताको पनि संहार भएको हो । जसका कारण तिब्बतका धार्मिक नेताहरु निर्वासित हुनुपरेको थियो ।

तिब्बतमा लाखौं मानिसको जीवनसँग खेल्ने चिनियाँ शासनको सधैं नीति रहेको छ । नक्साको यो युद्ध भारत र चीनलाई अलग गर्ने विवादित सीमा रेखाहरूमा जरा गाडिएको छ, जहाँ ब्रिटिशकालीन भारतको वास्तविक, सहमत र कानुनी सीमाहरू मेल खाँदैनन् ।

सन् १९४९ मा चीनमा उच्च वैचारिक र आक्रामक शासनको उदय भएपछि विवाद जटिल बनेको थियो । अहिले चीनको नक्साको खेल त्यसको परिष्कृत स्वरुप हो, जसले केही भारतीय क्षेत्रहरू तिब्बती हुन् भन्ने दाबी गर्छ ।

अरुणाचल प्रदेशलाई सिनिसिजेशन गर्न खोज्नु निन्दनीय प्रयास हो । भारतको सार्वभौमसत्तामाथि यो आक्रमण पनि हो । चीन अहिले आफूले जे चाहन्छ, त्यो पाउन सक्छ भन्ने सोचमा देखिन्छ । यही सोचअनुरुप सांस्कृतिक र राजनीतिक रूपमा विदेशी राष्ट्रमाथि आक्रमण गर्दै आएको छ ।

मेरा तर्फबाट, भारतले यो आक्रामकताको निन्दा गर्छ, दोहोर्याउँछ कि अरुणाचल प्रदेश वा अन्य सीमा रेखाहरू सम्बन्धी कुनै पनि सीमा विवाद तिब्बतसँग छलफल गर्नुपर्छ । चीन तिब्बत होइन, किनभने तिब्बत पनि चीन होइन, न त त्यहाँ कहिल्यै हुनेछ ।

अधिनायकवादी अहंकारले इतिहास र वास्तविकता परिवर्तन गर्ने नाटक गर्न सक्छ । यसले समाज, परम्परा र व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्छ, तर अन्ततः असफल हुनेछ । (रेडियो फ्रि एसियामा प्रकाशित मार्को रेस्पिन्टी र आरोन रोड्सको लेखको भावानुवाद)

Facebook Comments