अछाम । अस्पतालले जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याकाे प्रयाु गरेका छन् ।
जिल्लाकाे साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले जानकारी दिए ।
अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो । जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । डीएसपी भारतीका अनुसार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।
Facebook Comments